इलाम, ३० असोज । इलाममा खहरे खोलाको दहमा डुबेर एकको मृत्यु भएको छ भने अर्को बेपत्ता भएका छन् ।
इलामको सुर्योदया नगरपालिका १ स्थित खहरे खोलाको दहमा डुबेर ३२ वर्षीय पासाङ शेर्पाको मृत्यु भएको हो । उनीसँगै नुहाउन गएका अर्का ३७ वर्षीय सार्की शेर्पा भने बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार नुहाउन गएका उनीहरु नफर्किए पछि खोजी गर्ने क्रममा पासाङको शव सो दहमा भटिएको थियो । बेपत्ता भएका सार्कीको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।