उदयपुर । उदयपुरमा आइतबार आगलागी हुँदा ६ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आइतबार बिहान चौदण्डीगढी नगरपालिका–८ विरेन्द्रबजारमा विद्युत सर्ट भएर बिहान तीन बजेतिर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार स्थानीय भरत राईको घरबाट सुरु भएको आगोले कला राई, डम्बर राई, बादल राई, पद्मा मगर र कृष्ण मगरको घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट दुई मोटरसाइकल र एक ट्याक्टर पनि आंशिक रुपमा क्षति भएको गौतमले जानकारी दिए । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट १ करोड २० लाख बढीको क्षति भएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।
आइ.एन.ए