केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाका सम्भावना | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाका सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांस भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली रहने छ ।

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);