काठमाडौं, असोज ३० । म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा आज बिहान भूम्पकको धक्का महसुस भएको छ।
आज विहान ५ बजे धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको कारण करिव ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन्। त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका– ७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस गरिएको बताइएको छ।