प्रतिनिधिसभाका २८ सांसदलाई कोरोना संक्रमण पुष्टि : प्रवक्ता पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

प्रतिनिधिसभाका २८ सांसदलाई कोरोना संक्रमण पुष्टि : प्रवक्ता पाण्डे

काठमाडौं । संघीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पीसीआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । पीसीआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित २८ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयका प्रवक्ता डां. रोजनाथ पाण्डेले बताए ।

सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ देखापरेको पाण्डेले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);