धरान । कर्मचारीहरुले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरेका छन ।
कर्मचारीका मागहरु पुरा नभएको भन्दै कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा प्रतिष्ठानका नेतृत्वको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।
कर्मचारीहरुले कोभिड–१९ को भत्ता पारदर्शी गरेर कार्य अनुपातमा सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने जस्ता माग राख्दै आएका छन् ।