२०२५ सम्ममा 'डिजिटल नेपाल' निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

एजेन्सी, २९ असोज । सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको व्यूनर्स आयर्समा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई स्वदेश फर्केका छन् ।

आइतबार स्वदेश फर्किएका सञ्चारमन्त्री बस्नेतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताए ।

उनले नेपाल सरकारले इ गर्भनेन्सलाई प्राथमिता दिइ देशभर अप्टिकल फाइबर बिछयाउने इन्टरनेट सेवाको बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्दै नेपालले हालसम्म दूरसञ्चार क्षेत्रमा गरेका प्रगति, विद्यामान समस्या र चुनौतीको प्रस्तुतिका साथै अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियु)ले नेपाललाई पु¥याएको सहयोगको सराहना समेत गरेका थिए ।

उनले सन् २०२५ सम्ममा नेपाललाई ‘डिजिटल नेपाल’मा रुपान्तरण गर्न पूर्वाधार विकास र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिएका थिए ।