क्यालोफोर्निया डढेलोमा परी मृत्यु हुनेको संख्या ४० नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

एजेन्सी, २९ असोज । जंगली आगो शुरु भएको ६ दिन पुग्दा कम्तीमा चालीसको मृत्यु भएको र सयौं हराइरहेको बीबीसीले जनाएको छ ।

क्यालिफोर्नियाका गभर्नरले यो राज्यले बेहोरिरहेको ठूलो दुखान्तमध्ये एक हो भनेका छन्।

स्यान्टा रोजा शहरको वाइन उत्पादन क्षेत्र पनि नराम्ररी प्रभावित क्षेत्रमा पर्छ जहाँबाट शनिबार ३,००० मानिसहरुलाई अन्यत्र लगिएको थियो।

उक्त शहर भ्रमणक्रममा गभर्नर जेरी ब्राउनले भने अविश्वसनीय विनाश भएको छ।

दश हजार भन्दा बढी अग्नी नियन्त्रकहरुले बाँकी १६ वटा स्थलमा आगो निभाउने प्रयत्न गरिरहेका छन्।