आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, सम्पूर्ण नेपाली श्रमजीवीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, सम्पूर्ण नेपाली श्रमजीवीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त : राष्ट्रपति भण्डारी

काठमाडौँ।  आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८ सय ८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्योदेवी भण्डारीले सम्पूर्ण नेपाली श्रमजीवीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन्। ।

राष्ट्रपति भण्डारीको सन्देशमा यस वर्ष मे १ दिवस मनाइरहँदा विश्वव्यापी कोरोना महामारीबाट गुज्रिरहेको अवस्थामा अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उनीहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकहरूको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यान आकर्षण गराएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);