अस्पताल परिसरका निजी औषधि पसल हटाउन १५ दिनको अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरहा, २८ असोज । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालले अस्पताल परिसरका निजी औषधि पसल हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।

लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल कुशवाहाले लिखित पत्र पठाएर औषधि पसल हटाउन अल्टिमेटम दिनुभएको हो । अस्पतालपरिसरमा निजी फार्मेसी चलाउन नदिने स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार हटाउन ताकेता गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार भदौ ४ गते नै पत्र पठाएर सटर खाली गर्न आग्रह गरिए पनि अटेर गरेकाले १५ दिनको म्याद दिएर खाली गर्न लागिएको हो । अबको १५ सटर खाली नगरे कानुनबमोजिम कारबाही गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फुलेश्वर महतोले बताउए ।

लहान अस्पताल परिसरमा सूर्य मेडिकल हल, जनक्लयाण मेडिकल हल, शक्ति मेडिकल हल, एचके मेडिकल हल, कुशवाह मेडिकल हल, यादव मेडिकल हल र विजय मेडिकल हल सञ्चालनमा छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);