२४ घण्टामा ४९२८ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

२४ घण्टामा ४९२८ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ११२७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै , पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

१२ हजार ५८७ जनाको पीसीआर र ९६३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका छन्।योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

प्रवक्ता डां. गौतमका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ । मन्त्रालयका अनुसार निको हुने दर ८८.२ प्रतिशत रहेको छ ।

Leave a Reply