भारतमा हिमताल फुट्दा आठ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

भारतमा हिमताल फुट्दा आठ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा हिमताल फुट्दा कम्तिमा आठ जनाको मृत्यु भएको छ । स्थानिय समय अनुसार शुक्रबार साँझ ४ बजे चमोलीको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेको हो । घटनामा अन्य ३८४ जनाको उद्धार गरिएको छ।

मृतक तथा घाइते हुनेहरु सीमा सडक संगठन (बीआरओ)का मजदुर थिए । यस क्षेत्रमा विगत पाँच दिनदेखि भारी वर्षा र हिउँ परिरहेकोले यस्तो अवस्था आएको बताइएको छ । मृतकमध्ये आठ जनाको शव फेला परेको जनाइएको छ ।

हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आउँदा कारण चार-पाँच स्थानमा सडक अवरुद्ध समेत भएको छ । यसअघि गत फेब्रअरीमा एक हिमताल फुट्दा र त्यसपछि गएको पहिरो तथा बाढीले दुई जलविद्युत परियोजना बगाएको थियो । सो घटनामा २०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);