काठमाडौं । त्रिदेशीय सिरिज अन्तर्गत जारी फाइनलमा कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशलले अर्धशतक बनाएका हुन् । उनले १२.४ ओभरमा अर्धशतक बनाएका थिए ।
सिरिजमा उनको यो चौथो अर्धशतक हो ।सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन दोस्रो खेलमा मलेसियाविद्ध ६१ र नेदरल्याण्ड्सविरुद्ध कै अर्को खेलमा ६२ रन बनाएका थिए । मलेसियासँगको अर्को खेलमा भने उनी १६ रनमा आउट भएका थिए ।
शनिबारको खेलमा कुशलले ५३ बल खेल्दै ७७ रन बनाउने क्रममा ३ छक्का र ८ चौका प्रहार गरे ।
आइ.एन.ए