नगरकोटमा जेसिजको क्षेत्र ‘ग’ सम्मेलन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नगरकोटमा जेसिजको क्षेत्र ‘ग’ सम्मेलन जारी

काभ्रेपलाञ्चोक। नेपाल जेसिजको आयोजनामा नाल्दुम नगरकोट जेसिजको आतित्थ्यतामा वर्ष २०२१ क्षेत्र ‘ग’ का अध्यक्षहरुको बैठक काभ्रेको नगरकोटमा जारी छ । नाल्दुम नगरकोटका अध्यक्ष वर्ष २०२१ का अध्यक्ष आशा देवान श्रेष्ठको अध्यक्षतामा बैठक भैरहेको महासचिव धनपति दाहालले जानकारी दिए ।

बैठकमा विभिन्न शाखामा भएका कृयाकलापको समिक्षा तथा आगामि रणनितिको बारेमा छलफल हुने नेपाल जेसिजका क्षेत्र ‘ग’ का तालिम संयोजक तथा नाल्दुम नगरकोट जेसिजका पूर्व अध्यक्ष अमित कुमार कर्माचार्यले जानकारी दिए ।

कार्यक्रममा काभ्रे जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय महासचिव सिनेटर विकास मानन्धरले कोरोनाको कहरमा पनि सुरक्षीत तवरले बैठक आयोजना गरिएको र बैठक बाट फर्किएपछि क्षेत्र ‘ग’ मा रहेका ३५ शाखाले आफ्नो ठाउँमा चेतना मुलक र नेतृत्वदायी भुमिका खेल्न अझ महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

नगरकोट नाल्दुम पर्यटन बोर्डका अध्यक्ष नविन गुरुङले नगरकोटको पर्यटन विकासका लागि नाल्दुम नगरकोट जेसिजले खेलको भुमिकाको मुक्तकण्ठले प्रशंशा गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);