काठमाण्डौँ, २७ असोज । संविधानसभाबाट रुपान्तरित बनेको संसद शनिबारको बैठकपछि फोटो सेसन र भोजपछि समाप्त हुने भएको छ ।
संविधान अनुसार नयाँ निर्वाचनको मनोनयसँगै संसद अन्त्य व्यवस्था रहेको छ । सोही अनुरुप निर्वाचन कार्यतालिका अनुसार आइतबार दलहरूले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउनेछन्।
संसदको शनिबारको बैठकअघि नेताहरूको २ बजे फोटो सेसन हुनेछ। संसदको शनिबार ३ बजे बस्ने बैठकअघि नेताहरुले फोटो सेसन गराउने छन् । बैठकमा प्रमुख दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्नेछन्। संसद सचिवालयले संसद भवन परिसरमा साँझ भोजको समेत आयोजना गरेको छ ।
संसदमा हरेक सत्रको सुरूवात र अन्त्यमा सांसदलाई बाटो खर्च दिने प्रचलन अनुसर बिदाईका बेला सांसदले बाटो खर्च समेत पाउनेछन्।
यसअघि सभामुखले अर्को सूचना नभएसम्मका लागि संसद बैठक आज अन्त्य गर्ने तयारी गरेकी थिईन्। तर, दलका नेताहरूले हार्दिकताका साथ नै शनिबार संसद बैठकको अन्त्य गरेर अगाडि जाने तयारी गरेका हुन्।
भोलिको बैठकमा संसदका कुनै विधेयक पेश हुने छैनन्। संसद बैठकको अन्त्यसँगै सांसदहरू शनिबार राती देखि निर्वतमान हुनेछन्।




