विकास डाँगी
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गदै कोरोना सावधानी अपनाउन आग्रह गरेको छ । कार्यालयले बुधवार एक सार्वजनिक सुचना जारी गदै कोरोना माहामारीको संक्रमण बढ्दै गइरहेको भन्दै सचेत रहन सबैमा अपिल गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जारी गरेको सूचनामा घोराही र तुलसीपुर क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्न भनिएको छ । यो अवधीमा वैकल्पिक शिक्षण सिकाई मार्फत पठन–पाठन गराउन भनिएको छ ।
त्यस्तैगरी मानिसहरुको भिडभाड हुने सिनेमाहल, पाटी प्यालेस, बार,डान्स, मेला ,महोत्सव, हाट बजार, लगाएतका भिडभाड स्थल बैशाख सम्म बन्द गर्ने, सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने, गाडीमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्ने, लगाएतका सुरक्षाका मापदण्ड पालना गर्ने , सरकारी तथा गैर सरकारी कार्यालयमा सेनिटाइजर र मास्क प्रयोग गर्ने लगाएतका विषयमा पालना गर्न अपिल गरिएको छ ।
त्यस्तै, मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध धार्र्मिक अनुथान, मलामी लगाएत अत्यावश्यक परम्परागत धार्मिक एवं संस्कृतिक कृयाकलापहरु संचालन गर्दा २५ जना भन्दा बढि नहुने गरी जनस्वास्थ्यको मापदण्ड पालना गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिइ गर्न समेत आग्रह गरिएको छ ।
त्यसैगरी जिल्लामा होटल तथा रेष्टुरेन्टहरु बिहान ८ देखि साँझ ८ बजे सम्म मात्र स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी संचालन गर्न समेत आग्रह गरिएको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङघन गर्ने जो सुकैलाई पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जारी सूचनामा उल्लेख छ ।