फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारी दोषी ठहर | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारी दोषी ठहर

एजेन्सी । अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारी डेरेक चोभन दोषी ठहरिएका छन् ।

पूर्व प्रहरी अधिकारी चोभनलाई जुरीले सेकेण्ड डिग्री मडर र थर्ड डिग्री मडर एवम् मानव हत्या अभियोगमा दोषी ठहर गरेको हो । १४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान एवम् पक्ष विपक्षका वकिलको बहसपछि जुरीले आफ्नो निर्णय तयार पारेको हो ।

१२ जनाको जुरीले सो फैसलामा पुग्न सुनुवाईपछि एक दिन भन्दा पनि कम समय लिएको थियो । चोभनलाई सजाय नतोकिएसम्म हिरासन मै राखिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । चोभनलाई दशकौँ लामो जेल सजाय हुने बताइएको छ ।

गत वर्ष अमेरिकाको मिनिसापोलसमा चोभनले जर्ज फ्लोइडलाई नियन्त्रणमा लिने क्रममा घाँटीमा घुँडाले थिच्दा उनको मृत्यु भएको थियो । चोभनले फ्लोइडलाई झन्डै १० मिनेटसम्म घाँटीमा थिचेर राखेका थिए । फ्लोइडको अक्सिजनको कमीका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

फ्लोइडलाई घाँटीमा थिचेको भिडियोमा उनले आफूले सास फेर्न गाह्रो भएको भनि रहेका थिए । तर पनि प्रहरी अधिकारीले उनलाई घँडाले घाँटीमा थिचिराख्दा उनको मृत्यु भएको हो ।

फ्लोइडको मृत्युपछि अमेरिकाका विभिन्न राज्यहरुका साथै विश्वका विभिन्न देशहरुमा ब्ल्याक लाइफ म्याटर्स आन्दोलन चर्किएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);