एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार १ सय ७० मा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १५ लाख १९ हजार ४ सय ८६ पीसीआर परीक्षणमध्ये दुई लाख ५९ हजार १ सय ७० मा संक्रमण पुष्टि भएको हो । हरेक दिन संक्रमित संख्या उच्च भईरहेको भारतमा आज धेरै दिनपछि अघिल्लो दिनको भन्दा कममा संक्रमण पुष्टि भएको हो ।
अघिल्लो २४ घण्टामा भारतमा दुई लाख ७३ हजारभन्दा धेरैमा संक्रमण पुुष्टि भएको थियो ।
योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या एक करोड ५३ लाख २१ हजार ८९ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ६१ जनाले ज्यान गुमाएका छन् । भारतमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक लाख ८० हजार ५ सय ३० पुगेको छ ।
हाल भारतमा २० लाख ३१ हजार ९ सय ७७ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा एक लाख ५४ हजार ७ सय ६१ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमणमुक्त हुनेको जम्मा संखया एक करोड ३१ लाख ८ हजार ५ सय ८२ रहेका छन्।
भारतमा हालसम्म १२ करोड ७१ लाख २९ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।
यसैबीच बढ्दो संक्रमण नियन्त्रणका लागि भारत सरकारले खोप अभियान विस्तार गर्ने भएको छ । भारत सरकारले सोमबार आँउदो मे १ बाट भारतका सबै १८ वर्ष माथिकालाई खोप लगाउने घोषणा गरेको छ ।