काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएको छ ।
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकाे छ । परिषद्ले फागुन २८ गते चुडाल र सुवेदीलाई सर्वाेच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
शुक्रवार संसदीय सुनुवाइ समितिले दुबै न्यायाधीशलाई सर्वसम्मत अनुमोदन गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरेको हो ।
चुडाल उच्च अदालत पाटनमा कार्यरत थिए भने सुवेदी सुर्खेतमा मुख्य न्यायाधीशको रुपमा कार्यरत थिए ।