सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुडालको नाम सर्वसम्मतीले अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुडालको नाम सर्वसम्मतीले अनुमोदन

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई समितिले शुक्रबार सुनुवाई गरी प्रस्तावित नामहरुलाई सर्वसम्मतीले अनुमोदन गरकेो हो । संसदीय समितिमा दुवै न्यायाधीश विरुद्ध उजुरी परेको थियो । साथै प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो । अदालतले केही दिन अघि (चैत्र ३० गते) मुद्दा किनारा लगाएसँगै समितिले पनि अनुमोदन गरेको छ ।

न्यायपरिषद्को फागुन २८ गते बसेको बैठकले सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश रहेका सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश रहेका चुडालको नाम सिफारिस प्रस्ताव गरेको थियो ।

शुक्रबारको संसदीय सुनुवाईमा अनुमोदन भएका दुवै न्यायाधीशहरुले सर्वोच्च अदालतमा आफ्नो न्याय सम्पादन र प्रतिवद्धता बारे धारणा राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);