संक्रमित भेटिएका विद्यालयहरु कम्तीमा एक हप्ता बन्द गर्न काठमाडौं महानगरको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

संक्रमित भेटिएका विद्यालयहरु कम्तीमा एक हप्ता बन्द गर्न काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित फेला परेका विद्यालयहरु कम्तीमा एक हप्ता बन्द गर्न अनुरोध गरेको छ । कुनै पनि विद्यालयमा शिक्षक, विद्यार्थी वा कर्मचारीमा संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्काे सूचना नभएसम्म कम्तीमा एक हप्ताका लागि बन्द गर्न महानगरले अनुरोध गरेको हो ।

महानगरले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो । विद्यालयमा संक्रमित भेटिएमा बैकल्पिक माध्यमबाट शिक्षण सिकाई गराउन विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै महानगरले संक्रमण फेला नपरेको अवस्थामा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने लगायतका स्वास्थ्य मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्ड कडाइका साथ पालना गर्न भनेको छ ।

साथै विद्यालयहरुले अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्न गराउन पनि अनुरोध गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले केही दिन अगाडि मात्र स्वास्थ्य मन्त्रालयलाई विद्यालयहरु ३ हप्ताका लागि बन्द गर्न सिफारिस गरेको थियो । तर सो लगत्तै नीजि विद्यालयहरुको छाता संगठन प्याबसनले विद्यालयहरु बन्द गर्न नहुने माग गरे पछि विद्यालय बन्दको विषय अलमल मै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);