मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ सुकुम्बासीटोल भन्ने स्थानबाट करिब २३ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-१ बस्ने ४० वर्षीय चतुरमान मोक्तान, ४७ वर्षीया माया तामाङ र ४७ वर्षीया निर्मला तामाङ रहेका छन् ।
मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ९०९९ नम्बरको अटोलाई अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा कपडाको भिर्ने झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी अटो चालक चतुरमान, अटोमा सवार माया र निर्मलालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।