सिरहा, ३१ चैत । सिरहा प्रहरीले लहानमा गएराति चोरी भएको लाखाैं मूल्य बराबरको समान बरामद गर्न सफल भएको छ ।
प्रहरीले लहानका सुनचाँदी व्यापारी राजेश साडाको घरमा डकैतीपछि लुटेर लगेको बा १० च ९३०२ नम्बरको जीप केहिबेर अघि सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हाबाट फेला पारेको हो ।
सुराकीका आधारमा पछ्याउँदै गएपछि बेवारिसे अवस्थामा रहेको जीप र जीपभित्र रहेको सुनचाँदी फेला परेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दहालले जानकारी दिनुभयो ।
लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यापारी साडाको घरमा सोमबार राति हतियारधारी समूह प्रवेश गरेर पेस्तोल तेर्साउँदै सुनचाँदी लुटेको पीडित परिवारको भनाइ छ ।
प्रतिकारमा घरधनी सारडा र उहाँकी श्रीमती घाइतेसमेत भएका छन् । हतियारधारी समूहले लकर फोडेर सुनचाँदीसंगै सारडाको जीप समेत लिएर भागेको प्रहरीको भनाइ छ ।




