काठमाडौँ, २७ चैत । दुई हप्तादेखि काठमाडौँ उपत्यकामा भयावह बनेको वायु प्रदूषण केही घटेको छ । बिहीबार दिउँसोदेखि सुधार हुँदै गएको वायु प्रदूषण शुक्रबार बिहानसम्म धेरै कम भएको हो । तर यो सुधार केही दिनका लागि मात्रै रहने वातावरणविदको भनाइ छ ।
हावाको गुणस्तर मापन गर्ने वेब एजेन्सी आईक्युएयर ¥याङकिङअनुसार नेपाल विश्वकै प्रदूषित सहरको शीर्ष स्थानबाट झरेर ९३ औँ स्थानमा पुगेको छ । आज बिहानको तथ्याङ्क अनुसार विश्वकै प्रदूषित सहरमा का चीन सेनयाङ सहर रहेको छ भने दोस्रो स्थानमा पाकिस्तानको लाहोर छ ।
काठमाडौमा मौसममा सुधार आएसँगै वायु प्रदूषण कम भएको हो । पछिल्लो समय वनमा आगलागी भएपछि काठमाडौँको वायु प्रदूषण खतराको तहमा पुग्नुका साथै आँखा पोल्ने समस्या बढेको थियो । वायु प्रदूषणका कारण विश्वमा वर्षेनी ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
वायु प्रदूषणको तत्कालिन असर नदेखिएपनि दीर्घकालिन असर भयानक हुने गरेको विज्ञहरुको भनाइ छ ।