प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : पौडेल

काठमाडौं, २५ चैत । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रतिनिधि सभालाई सक्रिय बनाउनु पर्ने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै नेता पौडेले प्रतिनिधि सभालाई जनताको समस्या छलफल गर्ने थलो बनाउनु बताए । सदनलाई निष्कृय बनाउँदै लैजाने कुरा राजनीतिक संस्कार र मूल्य मान्यता विपरित रहेको उनल बताए ।

नेकपा विभाजित भएकाले दल विभाजनको अवस्थामा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दावी पौडेलले गरे । राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र भएकोले ती आयोजनाका काम प्रभावकारी रुपमा अघि बढाउन उनले आग्रह गरे । विकास र समृद्धिको चरणमा प्रवेश गरेको नेपाललाई यी काममा गहिरो गरी अध्ययन गर्न पौडेलले सरकारसँग माग गरे ।

कोरोनाको महामारी बढ्दै गएकोले यस तर्फ सरकारको ध्यानकार्षण गराए । उनले राजनीतिमा सहकार्यको वातावरण मिलाएर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह समेत गरे । ‘आफ्नै सहकर्मीलाई सिध्याएर देशको राजनीति अघि बढ्दैन’, पौडेलले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);