काठमाडौं, २६ असोज । महिला, बालबालिका तथा समाजकल्यणमन्त्री भएका कुमार खड्काको पार्टीले स्थानीय निर्वाचनमा मात्रै ४०५ मत ल्याएको छ।
०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट १ सिट जितेर सांसद भएका खड्का पहिलो चरणको निर्वाचन हुँदा महिला तथा बालबालिका तथा समाजकल्याणमन्त्री भएका थिए। खड्का क्षेत्री समाज नेपालको पृष्ठभूमीबाट अखण्ड नेपाल नामक पार्टी गठन गरी राजनीतिमा होमिएका थिए।
त्यसैगरी, पूर्वमन्त्रीसमेत रहेका एकनाथ ढकालको परिवार दलले १ हजार २२० मत ल्याएको छ। अहिले वाम गठबन्धनमा मिसिएका ढकालले गठबन्धनबाट एउटा सिट दाबी गरिरहेका छन्।