अखिलका तीन सचिव साधारण सदस्य नरहने गरी निष्कासन | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

अखिलका तीन सचिव साधारण सदस्य नरहने गरी निष्कासन

काठमाडौं, २४ चैत । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना नेतालाई कारबाही गरेको छ ।

निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष ऐन महरले जानकारी दिए ।

अनेरास्ववियुले मंगलबार विज्ञप्ति निकालेर सो जानकारी दिएको हो । संगठनको हितविपरीत गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँहरुसँग दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारबाही गरिएको हो’ – विज्ञप्तिमा लेखिएको छ । माधव गुटमा लागेर संगठनको हितविपरीत काम गरेको तीन नेतामाथि आरोप लगाइएको छ ।

माधव नेपाल गुटको अनेरास्ववियुको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव बनाएको थियो ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);