सुनसरी, २० चैत । सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जु तालको प्रचारप्रसारका लागि आजदेखि दोश्रो बर्जु महोत्सव सुरु भएको छ ।
बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा बर्जु तालसँगै जोडिएको खेल मैदानमा आजदेखि सुरु हुने महोत्सव बैशाख १ गतेसम्म सञ्चालन हुनेछ । बर्जु ताल प्रदेश नं. १ को सबैभन्दा ठूलो जलाशय भएको ताल हो ।
१ सय ५२ बिघा क्षेत्रफलमा फैलिएर रहेको बर्जु ताल परिसरमा ६२ बिघा क्षेत्रमा जलाशय रहेको छ भने विशेष गरी चराको अध्ययन–अनुसन्धान गर्ने एक थलोको रुपमा यो रहेको छ ।