सामुहिक गोली आक्रमणबाट एक बालकसहित चार जनाकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

सामुहिक गोली आक्रमणबाट एक बालकसहित चार जनाकाे मृत्यु

एजेन्सी, १९ चैत । गत बुधबार राती क्यालिफोर्नियाको ओरेन्जस्थित एक कार्यालय परिसरमा भएको सामुहिक गोली आक्रमणबाट एक बालकसहित चार जनाले ज्यान गुमाएका छन् । सो आक्रमणबाट घाईते भएका एकजनाको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।

स्थानीय प्रहरीले घटनास्थल घेराउ गरि घटनामा संलग्न भएको आरोपमा एक जना घाइतेलाई हिरासतमा लिएको छ । घटनामा एकजना प्रहरी निरिक्षक समेत संलग्न रहेकोे भनिएपनि यसबारेमा प्रहरीले थप केहि खुलाएको छैन ।

ओरेन्ज, क्यालिफोर्नियामा सन् १९९७ यता यस प्रकारको हिंसात्मक घटना पहिलो भएको र यसले घटनाका पिडित पक्ष, तिनका परिवार, स्थानीय समुदाय एवम् प्रहरी प्रशासनलाई समेत दुखित तुल्याएको स्थानीय प्रहरी अधिकारी लेफ्टिनेन्ट जेनिफर अमतले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);