ओलीलाई समर्थन गर्न र सरकारमा जान मन हुनेहरु गए हुन्छ : श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

ओलीलाई समर्थन गर्न र सरकारमा जान मन हुनेहरु गए हुन्छ : श्रेष्ठ

काठमाडौं, १९ चैत । माओवादी केन्द्रले सरकारलाई दिई आएको समर्थन फिर्ता नलिएकै कारणले कांग्रेस र जसपा अनिनिर्णत बसेको होइन भन्ने दावी माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन् ।

बिहीबार बसेको स्थायी समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने– ‘हाम्रो लाइन प्रष्ट छ, हामी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहन्छौं ।’

बैठकमा भएको छलफल सुनाउँदै उनले भने– ‘हामी यो संसद्लाई पूरा अवधी क्रियाशील बनाउन चाहन्छौं । यही कारण औपचारिक रुपमा लेखेर दिनु अगाडि सबै राजनीतिक दलसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठिक ढंगले आकलन गरिरहेका छौं ।’

‘हामी अन्य दलहरुलाई अझै पनि भनिरहेका छौं, केपीलाई समर्थन गर्न मन छ भने गरे हुन्छ, केपीको सरकारमा जान मन छ भने गए हुन्छ, तर प्रष्ट निर्णय गर्नुपर्छ’– नारायणकाजीले भने– ‘प्रमुख पार्टीहरुले प्रष्ट निर्णय गरेर आउँछ भन्ने हामीलाई विश्वास छ ।’

नैतिक रुपमा सरकार गइसक्नुपर्ने भए पनि अहिलेसम्म रहेको भन्दै उनले संसद्लाई सुचारु गर्न अनुरोध गरिरहेको बताए । देशको राजनीति सही दिशामा लैजान, संविधान कार्यान्वयन गर्न आफूहरुले चाहेको तर आफ्नो निर्णय कसैलाई लाद्न नसक्ने उनले बताए ।

‘हाम्रो ध्यान के मा छ भने यो संस्द जुन विघटन गरियो, ठूलो प्रतिगमी षडयन्त्रको एउटा अंगको रुपमा गरिएको थियो । सर्वाेच्चले पुनस्थापना गरेपछि पनि तुरुन्त विघटन नहोस् भन्ने हामी चाहन्छौं । विघटनको कामलाई वैधानिकता नदिने सरकार बनोस् भन्ने चाहन्छौं’– नारायणकाजीको भनाई थियो ।

चैत २३ सम्म तपाईंहरुले समर्थन फिर्ता नलिने हो भनी सोधिएको प्रश्नको जवाफमा उनले भने– ‘चैत २३ आउन बाँकी नै छ ।’

‘सरकारलाई समर्थन छैन भनेर हामीले औपचारिक रुपमा लेखेर दिने प्राविधिक कारणले मात्र कांग्रेस र जसपाले निर्णय नगरेको हो भन्ने सत्य होइन’– उनले भने– ‘कांग्रेस र जसपाले यो सरकार राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्ने निर्णय गर्नुपर्छ ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);