प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्दै

म्याग्दी, १९ चैत । पाखाभरी ढकमक्क फुलेका लालीगुराँस अवलोकन गर्न देशका विभिन्न सहरबाट आएका पर्यटकहरुको म्याग्दीका पहाड र जंगलमा चहलपहल बढेको छ ।

लालीगुराँसको जंगल र पृष्ठभूमिमा देखिने हिमालको प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरेको छ ।

गुराँसको सौन्दर्यमा रमाउन केही दिनयता पोखरा, काठमाडौ, चितवन, बेनी, बागलुङ लगायत सहरी क्षेत्रबाट पर्यटक आउन थालेका छन् । रंगिबिरंगी गुराँसको सौन्दर्यमा पर्यटकले आनन्द अनुभव गरेका छन् ।

नेपालमा पाईने ३२ प्रजातीका मध्य म्याग्दीको घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलावी, चिमाली लगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, दुरलेक, बेनी नगरपालिकाको स्वर्गाश्रम, धवलागिरी गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसको ठूला जंगल छन् ।

गुराँस फुलेपछि कोरोना भाइरसको जोखिम र त्रासका कारण एक वर्षदेखि सुनसान रहेका पर्यटकीय स्थलमा पर्यटक आउन थालेका छन् । चैत लागेसँगै घोडेपानी घुम्न आउने पर्यटक बढेकाले पर्यटन व्यवसायलाई सहयोग पुगेको छ ।

घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभुमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि हिमालको साथै सुर्योदयको अवलोकन गर्न सकिन्छ ।

राष्ट्रिय फुल लालीगुराँसको संरक्षणसँगै यसको सौन्दर्यको प्रचारप्रसारमा जोड दिएमा कोरोनाले थला परेको म्याग्दीको पर्यटन र होटल ब्यवसायलाई चलायमान बनाउन सकिने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);