नेकपा एमालेले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई पार्टी सदस्यबाट निलम्बन | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

नेकपा एमालेले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई पार्टी सदस्यबाट निलम्बन

काठमाडाैं, १६ चैत । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण पत्रको जवाफ चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पत्र सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै नेतालाई पठाएकाे हाे ।

नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न पत्रमा भनिएको छ ।

दुबै जना नेतालाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ (ख) अनुसार ६ महिनाका लागि निलम्बन गरिएको जनाइएको छ । तर सच्चिएर आएको खण्डमा निलम्बनको अवधि घटाउन सकिने पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);