काठमाडौं, १६ चैत । पार्टीमा समानान्तर कमिटी बनाउने गतिविधि रोक्न एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।
उनीहरुलाई उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।
पार्टीका जनवर्गीय संगठन र निकायहरुमा समानान्तर कमिटी गठन गर्ने गरेको र त्यसलाई रोक्नका लागि यो कारवाही गरिएको स्रोतले बतायो।