काठमाडौं, १३ चैत । राष्ट्रिय सरोकार तथा समन्वय समितिले आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकले लकडाउनका कारण अघिल्लो वर्ष पारित गर्न नपाएको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन समिति सदस्यहरुको राय, सल्लाह, सुझावको आधारमा पारित गरिएको समिति सभापति दिल कुमारी रावल थापाले बताईन्।
त्यसैगरी समितिले आर्थिक वर्ष २०७७-०७८ को वार्षिक कार्यक्रमको सम्बन्धमा देशको राष्ट्रिय सम्पदा तथा संस्कृति सँग सम्बन्धित विषयमा सम्बन्धित विषयका विज्ञहरुसँग छलफल गर्ने र २०७८ सालको जनगणनाको सम्बन्धमा राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग छलफल गर्ने एजेण्डा पारित गरेको पनि सभापति थापाले जानकारी दिईन् ।
समितिले यस अघि सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए-नभएको सम्बन्धमा पनि बैठकले समिक्षा गरेको सभापति थापाले बताईन्।