पशुजन्य खोपको सुचना समयमै प्रभाव नहुँदा कुषकहरु बञ्चित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पशुजन्य खोपको सुचना समयमै प्रभाव नहुँदा कुषकहरु बञ्चित (भिडियोसहित)

सप्तरी, १२ चैत । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाले पशुजन्य खोपको सुचना समयमै प्रभाव नहुँदा कुषकहरु बञ्चित भएका छन् । नगरपालिकाको कृषि शाखाले बाख्राहरुमा भाईरसबाट लाग्ने रोगहरु ज्वोरो, सिंगान आउने, आँखामा कचेरा आउने, सुटिङ डायरिया जस्ता रोगका विरुद्ध खोप संचालन गरेको थियो । कृषि शाखाले प्रदान गरेको पशु खोपको बारेमा कृषकहरुलाई समयमा सुचना नदिईनुले नगरपालिकाको कामको प्रभावकारिता माथि प्रश्न खडा भएको छ । पशुलाई लगाइने खोपबाट बञ्चित भएपछि कृषक तथा सामाजिक अगुवाहरुले गुनासो व्यक्त गरेका छन् ।

हेर्नुहोस भिडियो :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);