सुमन रायमाझी
सप्तरी, १२ चैत । जिल्ला प्रहरी सप्तरीले मानव बेचबिखन ओसार पसार मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ।
जिल्ला अदालत सप्तरीले ३ बर्ष अघि महादेवा गाउँपालिका वडा नं. ३ का मिथेश कुमार यादवलाई मानव बेचबिखन ओसार पसारको मुद्दामा ५ बर्ष कैदको फैसला गरेको थियो।
गत मंंगलबार यादवलाई उनको घरबाटै पक्राउ गरिएको जल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो।