एजेन्सी, २४ असोज । वर्षको बहुप्रतिक्षित हलिउड चलचित्र स्टार वार्सः द लास्ट जेडी को ट्रेलर सार्वजनिक भएको छ ।
स्टार वारको आठौँ सिरीजमा मार्क हमिल, डेजी रिड्ले, क्यारी फिसर, जोन बोयगा लगाएतका कलाकारको दमदार अभिनय रहेको छ ।
रियान जोनसनद्वारा निर्देशित चलचित्र पुनः ब्लकबस्टर हुनेमा निर्माण पक्ष विस्वस्त रहेको सीएनएनले जनाएको छ ।




