मोरङ, १० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालका लागि कांग्रेस सरकारमा नजाने बताएका छन् ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने स्पष्ट पारेका हुन् ।
कांग्रेस विपक्षी पार्टी भएकै कारण सरकारमा नजाने मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत नल्याउने बताएका छन् । कांगे्रस विपक्षीमा नै रहने देउवाको भनाई छ ।
कांग्रेस कै रामचन्द्र पौडेल पक्षले भने जसरी भएपनि ओली नेतृत्वको सरकारलाई हटाउनु पर्ने अडान राख्दै आएको छ ।