बागलुङ, ८ चैत । बागलुङको स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएका तीन स्वास्थ्यकर्मी पुरस्कृत भएका छन् ।
लामो समय स्वास्थ्य सेवामा समर्पित डाक्टर तरुण पौडेलले स्थापना गरेको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्वकार्यरत डा. प्रदीप श्रेष्ठ, नर्सिङतर्फ म्याग्दी अस्पतालमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापा पुरस्कृत भएका हुन् ।
कोषले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको छ ।