नेपाल पक्ष केन्द्रीय कमिटीको बैठकमा नजाने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

नेपाल पक्ष केन्द्रीय कमिटीको बैठकमा नजाने

काठमाडौं, ७ चैत। आज हुने नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव नेपाल पक्षले निर्णय गरेको छ ।

शुक्रबार बानेश्वरमा बसेको माधव पक्षीय स्थायी समिति बैठकले यस्तो निर्णय गरेको बताइएको छ । बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै त्यसमा सहभागी नहुने निर्णय गरेको हो । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने पनि जनाइएको छ ।

यसैगरी केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटकालाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएको बताउदै उक्त बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले शनिबारका लागि प्रचारित बैठकमा सहभागी नहुने नेपाल पक्षको स्थायी कमिटीले निर्णय गरेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);