नेकपा एमाले प्रदेश २ का नेपाल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

नेकपा एमाले प्रदेश २ का नेपाल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै

काठमाडौं, ६ चैत। नेकपा एमाले प्रदेश २ का माधव नेपाल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै छ ।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राजनीतिक परिदृश्य तथा प्रदेश संगठनका विषयमा छलफल हुने बताइएको छ ।

सर्वोच्चको फैसलापछि नेकपा एकीकरणपूर्वमा पुगेको एमालेको विवाद केन्द्रदेखि तलसम्मै देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेको भन्दै विरोधमा उत्रिएको नेपाल समूहले पनि हरेक विभाग तथा तहमा समानान्तर कमिटी गठन गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);