बल्खुमा श्रीमतीको हत्या गर्ने श्रीमान र टोखामा आशिषको हत्यामा संलग्न ३ जना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

बल्खुमा श्रीमतीको हत्या गर्ने श्रीमान र टोखामा आशिषको हत्यामा संलग्न ३ जना सार्वजनिक

काठमाडौं, ४ चैत । महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका वडानम्बर १४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो । प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ ।

लागुऔषध दुर्रव्यसनी सन्तोष श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरयासी झैझगडाकै कारण उनले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले अपराधीले आफुले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिए ।

प्रहरीले सन्तोषीको मृत शरिरलाई बोरामा प्याक गरि फालेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले टोखा नगरपालिका वडा नम्बर ३ का सुर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जना लाई पनि सार्वजनिक गरेको छ । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई सार्वजनिक गरिएको हो । उनीहरुसंग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शब फेला पारेको थियो । दुवै घटनाका दोषी उपर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);