नेपाल सुपर लिगका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका ३२ खेलाडीलाई ‘ए’ श्रेणीमा | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

नेपाल सुपर लिगका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका ३२ खेलाडीलाई ‘ए’ श्रेणीमा

काठमाडाैं, ३ चैत । नेपालमा पहिलो पटक हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिगका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका ३२ खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको छ ।

अखिल नेपाल फुटबलसंघ एन्फाले नेपाल सुपर लिगका लागि हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३२ खेलाडीलाई पहिलो श्रेणीमा राखेको छ । एन्फाले अक्सनका लागि खेलाडीलाई ए, बी र सी गरि तीन श्रेणीमा राखेको हो ।

राष्ट्रिय टोलीका कप्तान विराज महर्जनदेखि अन्डर नाइन्टीनका गोलरक्षक विशाल सुनार ’ए’ श्रेणीमा रहेका छन् । राष्ट्रिय टोलीका विशाल राई धनगढीको,अन्जन विष्ट ललितपुर सिटी एफसीको मार्की खेलाडी भएका छन् ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘नेपाल सुपर लिगमा ७ शहरलाई फ्रेन्चाइज गरिएको छ । जसमा धनगढी,विराटनगर,काठमाडौं,ललितपुर, चितवन, पोखरा र बुटवल रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);