अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु

एजेन्सी, ३ चैत । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । यसअघि रोकिएको सो अभ्यास हाल पुनः सुरु हुन लागेको हो ।

यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो । तर यो सैन्य अभ्यासलाई सानो आकारको भनिएको छ ।

त्यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी जम्मा ५ सय जना मात्र सैनिक सहभागी हुने भएका बताइएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएअनुसार सो सैन्य अभ्यास सोमबारबाटै हुनेछ । यो अभ्यास दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा हुने जानकारी पनि सो मन्त्रालयले दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);