श्रीलंकामा बुर्का प्रतिबन्धप्रति पाकिस्तानको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

श्रीलंकामा बुर्का प्रतिबन्धप्रति पाकिस्तानको आपत्ति


एजेन्सी, ३ चैत। श्रीलंकाले आफ्ना देशका मुस्लिम महिलाहरूलाई बुर्का लगाउन प्रतिबन्ध लगाएकोप्रति पाकिस्तानले आपत्ति जनाएको छ। श्रीलंकाले राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै मार्च १४ देखि सार्वजनिक स्थानमा बुर्का पहिरन र मुहार ढाक्न प्रतिबन्ध लगाएको हो ।

श्रीलंकाको यस्तो निर्णयले सामान्य मुस्लिमहरुको भावनामा चोट पु¥याउने भन्दै पाकिस्तानले आपत्ति जनाएको हो । श्रीलंकाका लागि पाकिस्तानी उच्चायुक्त साद खट्टकले

ट्विट गर्दै निकाब (बुर्का) माथि प्रतिबन्ध लगाइँदा श्रीलंका लगायत विश्वभरका मुसलमानको भावनामा आहत पुग्ने बताएका छन्।

यसअघि कोरोना महामारीका बेला मृत्यु भएका सबैको शव दाह गर्ने निर्णयप्रति पनि पाकिस्तानले आपत्ति जनाएको थियो । केही साताअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको भ्रमणताका श्रीलंकाले यो नियम कार्यान्वयन गर्न छाडेका थियो।

Leave a Reply

ताजा समाचार