मकैबारीभित्रको गोलभेंडाखेतीबाट राम्रो आम्दानी लिँदै किसान | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

रामेछाप, २३ असोज । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर २ मझुवाका किसान नमुनाको रुपमा लगाएको मकैबारीभित्रको गोलभेंडाखेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन्।

जिल्ला कृषि विकास कार्यालय रामेछापका प्राविधिकको सल्लाह र प्रत्यक्ष निगरानीमा मकैबारीभित्र लगाइएको गोलभेंडा राम्रो भएपछि मझुवाका किसान उत्साहित भएका छन् ।

कृषि कार्यालयको ‘ब्लकमा तरकारीखेती’ कार्यक्रमअन्तर्गत १५ हजार रुपैयाँको बीउ र विषादी अनुदान प्रदान गरी नमुनाको रुपमा मकैबारीभित्र गोलभेंडाखेती गरिएको प्राविधिक सन्तोष खड्काले बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);