एमालेमा दुवै पक्ष आ–आफ्नै अडानमा, २८ फागुनको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

एमालेमा दुवै पक्ष आ–आफ्नै अडानमा, २८ फागुनको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको माग

काठमाडौं, २ चैत। नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडानमा कायम हुँदा कुनै निष्कर्षमा पुग्न सकेन । सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा भएको दुई पक्षका नेताहरुबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल पक्षका नेता भीम रावलले गएको फागुन २८ गते भएको निर्णय खारेज नगरेसम्म चैत ७ मा बोलाइएको बैठकमा सहभागी नहुने जानकारी दिए । २८ फागुनको निर्णय खारेज भएपछि मात्र अगाडि बढ्न सकिने रावलको भनाई छ ।

फागु्न २८ मा नेपाल पक्षको सहभागिता विना ओलीले २३ केन्द्रीय सदस्य थप गर्नुका साथै महासचिव र अध्यक्ष बाहेकका पदाधिकारी खारेज गर्ने निर्णय गरेको थियो।

नेता रघुजी पन्तले भने वार्ता सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिए। छलफलमा प्रधानमन्त्री केपी ओली सकारात्मक रहेको पनि पन्तले जानकारी दिए। पन्तका अनुसार दुबै पक्षले आ आफ्नो कुरा राखेका छन् । उनले फागुन २८ को निर्णय आफुहरुलाई मान्य नुहने धारणा छलफलमा राखेको बताए।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी ब्युँताई दिएपछि राजनीतिमा एका एक नयाँ समीकरण देखा परेको थियो। फागुन २८ को ओलीको निर्णय प्रति नेपाल पक्षले असहमति प्रकट गर्दै आएको छ।

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको भएपनि वार्ता पार्टी मुख्यालय धुम्बाराहीमा गर्ने नेपाल पक्षको शर्तका कारण सो ठाँउमा छलफल भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);