आजको मौसम कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८२, बुधवार

आजको मौसम कस्तो ?

काठमाडौं, १ चैत। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशको पहाडी भूभागहरुमा मौसममा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार आइतबार बागमती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति पनि देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ।

साथै गण्डकी प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह रहेको छ।

शनिबार भने काठमाडौं लगायत देशका पहाडी भूभागहरुमा केही बर्षा भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);