काठमाडौं, २९ फागुन। सांसदहरुले पर्यटकिय गन्तव्य केन्द्र निर्माण गर्दा त्यसक्षेत्रको भौगोलिक, ऐतिहासिक तथा कला संस्कृति र परम्परा झल्कने संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । सात प्रदेशका पर्यटकिय गन्तव्यहरुको सम्बन्धमा संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय सम्बन्ध समितिले शुक्रबार गरेको छलफलमा समिति सदस्यहरुले सातवटै पर्यटकिय केन्द्रको विविधता झल्कने गरि संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पर्यटकीय केन्द्र निर्माण गर्ने प्रतिष्पर्धामा आफ्नो क्षेत्रीय विशेषतालाई बिर्सेर नक्कल गर्दा सबै प्रदेशमा एकै किसिमको संरचना बन्ने र त्यो संरचना पर्यटकका लागि आकर्षक थलो बन्न नसक्ने धारणा सदस्यहरुले राखेका छन् । समितिका सदस्यहरुले उद्देश्य र लक्षित वर्गलाई केन्द्रविन्दुमा राखेर संरचना तथा पुर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे । उनले पर्यटकले प्रयोग गर्ने सबै कुराहरु विदेशबाट आयात गरेर नेपालको पर्यटन र अर्थतन्त्रको विकास हुन नसक्ने भएकाले स्थानीय उत्पादनका परिकार निर्माणमा ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी समिति सदस्य प्रेम तुलाचनले केन्द्रबाट मिलेमतोमा टेण्डर गर्ने कार्यशैलीका कारण हिमाली तथा पहाडी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणको कामले गतिलिन नसकेको बताए । उनले ठेकेदार र पर्यटन विभागका कर्मचारीहरुको मिलेमतोमा सोही अनुसारका अवस्था राखेर टेण्डर आव्हान गर्दा स्थानीय विकास निर्माण व्यवसायीले दरखास्त सम्म दिन नसक्ने अवस्था रहेको गुनासो गरे ।
धार्मिक एवं पर्यटकिय क्षेत्रको आवश्यक ढंगले विकास हुन नसक्नुमा पुरातत्व विभाग, पर्यटन बोर्ड पर्यटन, पर्यटन विभाग लगायत सम्बन्धीत निकायबीचको समन्वय अभाव मुख्य कारक रहेको तर्क उनको छ । त्यसैगरी समिति सदस्य उमा रेग्मीले पर्यटनको आतिथ्य सत्कार, सुरक्षामा लगायतमा चुनौती देखिएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले आन्तरिक पर्यटकलाई मोटिभेसन र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताए ।
चितवनको २० हजारी ताललाई पनि थप व्यवस्थित बनाएर पर्यटकको आकर्षक केन्द्रको रुपमा राख्न सकिने भएपनि त्यसतर्फ सरकारको ध्यान जान नसकेको गुनासो गरे । समितिका सदस्यहरुले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र संरक्षणका लागि विषेश नीति तथा कार्यक्रमहरु बनाएर पर्यटन क्षेत्रको विकासमा लाग्नु पर्ने धारण राखेका थिए ।