काठमाडौं, २३ असोज । नेपाल कम्यूनिष्ट पार्टी संयुक्तले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ। सोमबार राजधानीमा बसेको पोलिटब्यूरो बैठकले यस्तो निर्णय गरेको संयुक्तका पोलिटब्यूरो सदस्य पदमराज जोशीले एभरेष्ट दैनिकलाई जानकारी दिए।
पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको बैठकमा महासचिव सुनिल मानन्धरले माओवादी केन्द्रमा समाहित हुने प्रस्ताव राखेका थिए। अध्यक्ष साहले छिट्टै सम्पूर्ण प्रक्रिया पुरा गरी पार्टी एकीकरणको घोषणा हुने बताइएको छ।




